सुनको मुल्य बढ्यो, कति छ आज कारोबार मूल्य?

पालिका संचारकर्मी
२१ फाल्गुन २०८१, बुधबार ११:४०

काठमाडौँ।नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।