लगातार तीन दिन सुनको मूल्य स्थिर

पालिका संचारकर्मी
१९ फाल्गुन २०८१, सोमबार ११:३७

काठमाडौँ। लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।