सुनको मूल्य स्थिर, तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ

पालिका संचारकर्मी
१८ फाल्गुन २०८१, आईतवार १३:२९

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।