आज घट्यो सुनको मुल्य कतिमा हुदैँ छ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।

पालिका संचारकर्मी 






