सुनको मूल्य सामान्य वृद्धि, तोलाको कति पुग्यो ?
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पालिका संचारकर्मी 






