तोलामा ६ सय बढ्यो सुन
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

पालिका संचारकर्मी 






