सुनको मूल्यमा वृद्धि
काठमाडौं । सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।

पालिका संचारकर्मी 






