सुनचाँदीकै मूल्य लगातार वृद्धि
काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। विगत केही दिनयता सुनचाँदीकै मूल्य लगातार बढिरहेको छ। प्रतितोला १३ सय मूल्य बढेर आज सुनको मूल्य एक लाख ५७ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको थियो।
हिजो सुनको मूल्य एक लाख ५६ हजार ६ सय रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार आठसय ९० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूलय ५० रुपैयाँ बढेको थियो
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

पालिका संचारकर्मी 






