यो साता सेयर बजार १.९ प्रतिशत झर्‍यो, धेरै घट्नेमा जीवन बीमा

पालिका संचारकर्मी
२८ मंसिर २०८१, शुक्रबार १५:३६

काठमाडौं । यो साता सेयर बजार १.९ प्रतिशत घटेको छ । गत साता २७३४ अंकमा रहेको बजार यो साता २६८२ अंकमा झरेको छ ।

गत साता पनि बजार ०.५ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता १ दिन बजार बढ्दा ४ दिन घटेको छ ।

पहिलो दिन आइतबार ४५.९३ अंक घट्यो । सोमबार १२.८४ र मंगलबार ६।३२ अंक घटेको बजार बुधबार ४५.८८ अंक बढ्यो भने बिहीबर फेरि ३३.४२ अंक घट्यो ।

बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ६२ करोड, मंगलबार ४ अर्ब ४१ करोड, बुधबार ५ अर्ब ५ करोड र बिहीबार ६ अर्ब १४ करोडको कारोबार भयो ।

यो साता उत्पादन तथा प्रशोधन बाहेक सबै सेक्टरका सूचक घटे । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८८ प्रतिशत घटेको छ । गत साता समग्र बजार घट्दा पनि यो समूह १.३७ प्रतिशत बढेको थियो । त्यस्तै गत साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको थियो ।

यो साता फाइनान्स ३.२ प्रतिशत घट्यो । गत साता १९.९ प्रतिशत बढेको व्यापार समूह यो साता २.८३ प्रतिशत घट्यो । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.९० प्रतिशत घट्दा हाइड्रोपावर १.९ प्रतिशत घट्यो ।