हेटौंडामा सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम हुने

पालिका संचारकर्मी
७ कार्तिक २०८१, बुधबार १८:२९

हेटौंडा । सिस्नुपानी नेपाल, मकवानपुरको आयोजनामा हेटौंडामा हास्यव्यङ्ग्य  ‘देउसी भैलो २०८१’ कार्यक्रम हुने भएको छ। नजिकिँदै गरेको दीपावलीको अवसरमा उक्त व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको हो।

हेटौंडा उपमहानगरपालिकाको प्रायोजन रहेको उक्त कार्यक्रममा आधुनिकतासँगै संस्कृतिको नाममा मौलाउँदै गरेको बेथिति र विसंगति माथि व्यङ्ग्यात्मक तथा विभिन्न साँस्कृतिक कार्यक्रम सहित देउसी भैलो खेलिने आयोजक संस्थाका अध्यक्ष संप्रस पौडेलले जानकारी दिए। गत ४ वर्ष देखि निरन्तर आयोजना भइरहेको कार्यक्रममा परम्परागत देउसी भैलो सहित हेटौंडाका स्थानीय चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने गरेको उनले बताए ।

जसमा यस वर्षको कार्यक्रममा कलाकार सुमार्गी हुमागाई, सत्याग्रही गहन खतिवडा, प्रलय चौलागाईं, सागर तिमल्सिना, अजर फूयाँल, कविराज हुमागाईं, स्वस्तिका दाहाल र प्रभास घिमिरे विशेष प्रस्तुति रहने बताइएको छ। यस्तै, अमृता लामिछाने, चिरञ्जीवी लामिछाने, सुबास संजेल, बैकुण्ठ लामिछाने, सुनिल के.सी., विश्वराज अधिकारी, भावना सापकोटा, भवानी तिमल्सिना, एलिजा पुडासैनी, कृतिका लौडारी, विशेषता अधिकारी र देव दुलाल लगायतका कलारहरुको प्रस्तुति रहने जनाइएको छ।

आगामी कार्तिक १० गते शनिबार दिउँसो ३ बजे हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा हुने उक्त कार्यक्रम प्रवेशका लागि प्रवेश पास भने कार्यक्रम स्थलको गेटमा निःशुल्क उपलब्ध हुने उनले बताए।