बिहानैदेखि हुन थाल्यो भारी वर्षा

पालिका संचारकर्मी
८ आश्विन २०८१, मंगलवार ११:१४

हेटौंडा । आज बिहानैदेखि देशभरको मौसम बदली (आकाशमा बादल) भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकरदुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखााका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

 यस क्रममा राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मौसमविद्का अनुसार आजदेखि मनसुनसँगै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि प्रभाव परेकाले देशभर मौसम बदली र वर्षा बढ्ने भएको हो।

मौसम महाशाखाले हिजै साँझ विशेष बुलेटिन जारी गरी आजदेखि ५ दिनसम्म देशव्यापी रूपमा मौसम बदली र व्यापक वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो।