सुनको मूल्य बढ्यो

पालिका संचारकर्मी
२४ भाद्र २०८१, सोमबार १२:३३

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।