सुनको मुल्य स्थिर चाँदीको बढ्यो

पालिका संचारकर्मी
२० भाद्र २०८१, बिहीबार ११:५४

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । विहिबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।