सुनको मूल्यले रेकर्ड ब्रेक

पालिका संचारकर्मी
२९ श्रावण २०८१, मंगलवार ११:५३

काठमाडौं। नेपाली बजारमा पँहेलो धातु (सुन) को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ।

आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।