सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

पालिका संचारकर्मी
२८ श्रावण २०८१, सोमबार १३:४९

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ । अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।