जब काठमाडौं जाँदै गरेको बसमाथि पहिरो खस्यो…
हेटौंडा– बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँ स्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । सबैभन्दा पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका–२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् । मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।

पालिका संचारकर्मी 





