सुख्खा पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थाल्यो

पालिका संचारकर्मी
१८ जेष्ठ २०८१, शुक्रबार १५:१२

 दोलखा । सुख्खा पहिरोले तामाकोशी नदी केही घण्टा थुनिएको थियो । यद्यपि अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ ।दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार लामाबगरभन्दा केही माथि देउराली नजिकै सुख्खा पहिरो खसेको थियो । नासा हाइड्रोले बाटो खनेको स्थानबाट सुख्खा पहिरो खस्दा बिहान १०।११ बजेतिर नदी थुनिएको थियो ।तर अहिले पानी बग्न थालेको छ । हिउँदमा नदीमा पानी धेरै नभएकाले ३।४ घण्टा थुनिएको पानीले जोखिम नरहेको प्रजिअ पोखरेलले बताए ।