सहकारी प्रकरणमा ठोस धारणा बनाउन कां
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीका तीन जना नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको भन्दै तीव्र आलोचना गरेका थिए ।साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई चार वर्षका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।
तर, यो निर्णयसँगै पार्टीभित्र तीव्र मतान्तर हुँदै आएको अवस्थामा हाल आएर भने समस्या नै समाधानतिर पुगेकाले निर्णय फिर्ता लिन लिङ्देन तयार भएका हुन् । सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैकठकमा कुटपिटको घटनासम्बन्धी विषय समाधान भएकाले तीनै जनाको निलम्बन फिर्ता लिने सहमति बनेको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।‘समस्या नै समाधान भइसकेको छ भने अब अरु विषय पनि बाँकी रहने कुरा भएन’, उनले भने । उनीहरुको कारबाही फिर्ताको विषय केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।राप्रपाको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार सम्पन्न हुँदैछ । बैठक आइतबार नै सकिने भनिएपनि छलफल नसकिएकाले आज एक दिन लम्बिएको हो।फागुन २७ गते उपाध्यक्ष बिक्रम पाण्डसँग भएको विवादपछि नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा कुटपिट भएको थियो । यसपश्चात राप्रपाले घटनामा संलग्न भएको भन्दै बलायर, राणा र बमलाई चार वर्षको लागि निलम्बन गर्दै मुद्दा चलाउने निर्णय गरेको थियो ।
तीन जनासहित उपाध्यक्ष विक्रम पाण्डे उपर समेत ज्यान मार्ने उद्योगको उजुरी दायर गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै महान्यायधिवक्ताको कार्यालयले सो मुद्दा दर्ता नगरी फिर्ता पठाएको थियो ।
कानुनी प्रक्रियाबाट आरोपित तीन युवा मुक्त भएपनि राप्रपाले निलम्बन फिर्ता लिएको थिएन । यहीबीचमा कार्य सम्पादन समितिको ९५ प्रतिशतले निलम्बन फिर्ता लिनुपर्छ भने पनि लिङ्देनले करिव तीन महिना आलटाल गरिरहेको नेताहरु बताउँछन् ।
यहीबीच केन्द्रीय कार्य समितिको पहिलो दिन वैठक आरम्भ भएलगत्तै महामन्त्रीहरु धवलशम्शेर राणा र कुन्ती शाहीलगायत तीन दर्जन केन्द्रीय सदस्यहरुले तीन युवा नेतामाथि भएको अन्यायप्रति वैठकको ध्यानाकर्षण गराएका थिए । लिङ्देनले कार्यपत्र प्रस्तुत गरुन्जेल उनीहरुले उठेर अर्थपूर्ण विरोध र दवाब दिएका थिए ।कानुनी प्रक्रियाबाट निर्दोष साबित भइसक्दा कारवाही कायम राख्नु अन्यायपूर्ण भएको, पार्टीले आफ्नै नेता कार्यकर्तामाथि ज्यान मार्ने मुद्दा लगाउनु पड्यन्त्रमूलक भएको भनेर केन्द्रीय सदस्यहरुले अध्यक्षको पूर्ण आलोचना गरेका थिए ।
लिङ्देन निकट केन्द्रीय सदस्यहरुले पार्टी सरकारमा जानु पर्ने, अध्यक्षले एकल तजबीजमा पार्टी संचालन गर्न रोकटोक गर्न नहुने भन्दै आवाज उठाएका थिए । बैठकमा तीव्र दवाव उत्पन्न भएपछि आइतबार नै पूर्वअध्यक्षहरु पशुपति शम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनीले बहुमत केन्द्रीय सदस्यहरुको भावना कदर गर्नुपर्दछ भनेर अध्यक्षलाई प्रजातान्त्रिक विधी सम्मान गर्न सुझाएका थिए । सोही अनुसार आज पदाधिकारी बैठकमा कारबाही फिर्ता लिने सहमति भएको हो ।
१४ जेठ, काठमाडौं । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिए ।

पालिका संचारकर्मी 





