संसद् भवनमा विपक्षी दलको बैठक
काठमाडौँ । सङ्घीय संसद्का विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक सुरु भएको हो ।बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् ।आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

पालिका संचारकर्मी 





