संसद बैठक चार बजेलाई सर्‍यो

पालिका संचारकर्मी
३ जेष्ठ २०८१, बिहीबार १२:१५

काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।