बढ्यो सुनचाँदीको मूल्य

पालिका संचारकर्मी
१७ माघ २०८०, बुधबार १२:०८

काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधवार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।