जाजरकोटमा शक्तिशाली परकम्प
सुर्खेत। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजकोटमा आईतवार पुन: भूकम्प गएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर ४ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

पालिका संचारकर्मी 





