२५.६३ अंकले घट्यो नेप्से
काठमाडौं । आइतबार नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। सात अर्ब ६७ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
६४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमाल दोलखाको २२ करोड ९१ लाख र अपि पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

पालिका संचारकर्मी 





