३ वटा टिपर नियन्त्रणमा

पालिका संचारकर्मी
२७ पुष २०८०, शुक्रबार १५:१९

नवलपुर । अवैध रुपमा माटो उत्खनन गरेको भन्दै पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट प्रहरीले ३ वटा टिपर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका-४ सिद्रे खोलामा अवैध र अनुमति भन्दा बढी माटो उत्खनन गरेको भन्दै प्रहरीले टिपर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलका अनुसार ना ७ ख १९७०, लु२ख ४७५४ र ना७ख ४३०५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

उक्त माटो पीआर कन्ट्रक्सनले होङ्सी सिमेन्ट उद्योगलाई सप्लाइ गरिरहेको बताइएको छ । नियन्त्रणमा लिएका टिपरलाई इलाका प्रहरी कार्यालय दुम्कीबासमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाले अनुमति दिएको भन्दा बढी माटो उत्खनन गरेको प्रहरीको आरोप छ । कागज पत्र अध्ययनपछि थप के गर्ने भन्ने विषयमा निर्क्योल हुने प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य खोलाहरूमा पनि अवैधरुपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन भएपनि नियन्त्रणमा आएको छैन ।