मन्त्री लिम्बूलाई पत्नी शोक
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ ।
५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए ।
गंगा क्यान्सर पीडित थिइन्।
उनको अन्त्येष्टि आजै गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

पालिका संचारकर्मी 





