साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

पालिका संचारकर्मी
२६ पुष २०८०, बिहीबार १३:३१

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका-९ ,पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।

प्रदेश २–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।