१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

पालिका संचारकर्मी
१९ पुष २०८०, बिहीबार ११:४९

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।