३८.१४ अंकले बढ्यो नेप्से, पौने ७ अर्ब माथिको कारोबार
काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारसँगै कारोबार रकम पनि बढ्न थालेपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ३८.१४ अंकले बढेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ९.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक बढेको छ।
सोमबार ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार पाँच अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
३०५ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढेका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अर्थात १० प्रतिशतसम्मले बढेको छ, जसमा अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् ।

पालिका संचारकर्मी 





