सीआईडीका अभिनेता ‘इन्स्पेक्टर फ्रेडरिक्स’ को निधन
एजेन्सी । चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिक्सको भूमिकामा देखिएका अभिनेता दिनेश फडनीसको आज निधन भएको छ ।
उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएको छ।
उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएर मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सीआईडीमा उनको भूमिका निकै रूचाइएको थियो ।

पालिका संचारकर्मी 





