शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो

पालिका संचारकर्मी
१५ मंसिर २०८०, शुक्रबार १६:४७

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने कि नछाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका न्यायाधीशबीच नै राय बाझिएको छ ।

न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय लेखेका छन्। न्यायाधीश खरेलले भने थुनामै राख्नुपर्ने राय दिएका छन्। न्यायाधीशको राय बाझिएपछि अब तीन जना न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ।

अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई सदर गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।