सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला ५०० रुपैयाले बढेको हो ।
आइतबार प्रतितोला ११६९००(एक लाख सोह्र हजार नौ सय) रुपैँयामा कारोबार भैरहेको छापावाल सुन, आज ५०० रुपैयाले बढेर ११७४००(एक लाख सत्र हजार चार सय) रुपैँयामा कारोबार भैरहेको छ। त्यस्तै, तेजाबी सुन ५०० रुपैयाले बढेर प्रतितोला ११६८५०(एक लाख सोह्र हजार आठ सय पचास) रुपैयामा कारोबार भैरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाले बढेर प्रतितोला १५०० रुपैयाले कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार १० ग्राम छापावाल सुनको मूल्य एक लाख ६ सय ५० रुपैया , १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ८० रुपैया र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ८६ रुपैया कायम गरेको छ।

पालिका संचारकर्मी 





