२६ प्रहरी सम्पर्कविहीन

पालिका संचारकर्मी
१० मंसिर २०८०, आईतवार १०:४०

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।

जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।