दुई सयले घट्यो सुनको मूल्य

पालिका संचारकर्मी
८ मंसिर २०८०, शुक्रबार ११:५६

काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य पनि ५ रुपैँयाले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।