बिहिबार स्थिर रह्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

पालिका संचारकर्मी
७ मंसिर २०८०, बिहीबार १२:३०

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको ।

कारोबारको अघिल्लो दिन प्रति तोला ११६५००(एक लाख सोह्र हजार पाँच सय) रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन, आज पनि ११६५००(एक लाख सोह्र हजार पाँच सय) रुपैयाँमै कारोबार भैरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ११५९५०(एक लाख पन्ध्र हजार नौ सय पचास) रुपैयाँ रहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४४५(एक हजार चार सय पैँतालिस) रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापवाला सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ४ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ।