अवैध लागूऔषध कोकिनसहित विदेशी महिला पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषध कोकिनसहित आइतबार एक विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३२ वर्षीया किमरोसाङ्गी रहेको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी चक्रराज जोशीले जानकारी दिए।
विषेश सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा उनको शरीर तथा लगेज खानतलासी गर्दा कालो रङको सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई कालो प्लाष्टिकको प्याकेटमा लुकाई छिपाई राखेको अवस्थामा अबैध लागूऔषध कोकिन १ किलो ९७३ ग्राम फेला पारी बरामद गरेको छ।
बरामद उक्त समानको बजार मूल्य अन्दाजी ४,९३,२५,००० (चार करोड त्रियानब्बे लाख पच्चीस हजार) रहेको छ।
उनीमाथि लागू औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 





