दिदीको घरमा तिहारको टिका लगाउन हिडेका भाइ अर्घाखाँचीमा मृत फेला

पालिका संचारकर्मी
३ मंसिर २०८०, आईतवार ११:१०

अर्घाखाँची । दिदीको घरमा तिहारको टिका लगाउन हिडेका भाइ अर्घाखाँचीमा मृत फेला परेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका ३६ वर्षीय खुमबहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिदी कमला घर्तीले गत कार्तिक २९ गते टिका लगाउन हिडेँको भाइ सम्पर्कमा नआएपछि प्रहरीलाई  जानकारी गराउनुभएको थियो । स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही अनुसार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी विक्रम रिजालको टोली त्यहाँ पुगेको थियो ।

शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरले बताए ।