सरकारको प्रतिबन्धका बाबजुत रोकिएन टिकटक क्रेज,भीपीएन चलाएरै टिकटकमा व्यस्त छन् टिकटकर,सरकार फेल
काठमाडौं। सरकारले टिकटक प्रतिबन्ध लगाएसँगै भीपिएन प्रयोग गरी टिकटक बनाउने, र चलाउनेहरु बढेका छन् । सामाजिक सद्धावमा खलल पुगेको भन्दै सरकारले क्याबिनेट बाट निर्णय गरी टिकटक बन्द गरेपनि टिकटकका प्रयोगकर्ताहरुले भने भीपीएन प्रयोग गरेरै भएपनि टिकटक चलाउने र बनाउने गरिरहेका छन् ।
चर्चित टिकटकरहरु भीपीएन चलाएरै भएपनि आज पनि टिकटक कन्टेन्ट बनाउनमै व्यस्त छन् । टिकटकमा लाइभ बस्नेहरु पनि लाइभ बस्न रोकिएका छैनन् । गिफ्ट माग्नेहरु पनि मागिरहेका छन्, गिफ्ट दिनेले पनि दिइरहेका छन् । अझ कतिपयले त भीपीएन चलाएर टिकटक बनाउने र सो टिकटक फेसबुक रिल र इन्स्टाग्रामको रिलमा अपलोड गरिरहेका छन् । यसले सरकारले जे कारण देखाएर टिकटक बन्द गरेको थियो, त्यसको औचित्य लगभग सकिएको देखिएको छ ।
अधिकांश प्रयोगकर्ता अदालतको पर्खाईमा
यसो त टिकटकका अधिकांश प्रयोगकर्ता यतिबेला अदालतले के आदेश दिन्छ भन्ने कुरिरहेका छन् । तिहारको बिदा सकिएलगतै शुक्रबार विभिन्न कानुन व्यवसायीहरु सरकारले गरेको निर्णय गलत भन्दै अदालत जाने तयारीमा छन् । उनीहरु अदालत गएपछि यस विषयमा वहस हुन्छ । कानुनसम्मत नदेखिएकाले अदालतले सरकारको निर्णय उल्टिने सम्भावना बढी देखिएको जानकारहरुको ठम्याई छ ।

पालिका संचारकर्मी 





