शुक्रबार एक हजार रुपैँयाले बढ्यो सुनको मुल्य
काठमाण्डौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य प्रतितोला एक हजार रुपैँयाले बढेको हो ।
बिहिबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैँयामा कारोबार भइरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७०० रुपैँयामा कारोबर भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि एक हजार रुपैँयाले बढेर प्रतितोला १ लाख १४ हजार १५० रुपैँयामा कारोबार भइरहेको छ ।
यता चादीँको मुल्य पनि २० रुपैँयाले बढेर प्रतितोला १४०० रुपैँयामा कारोबार भइरहेको छ । नेपाल सुनचादीँ व्यवसायी महासघंका अनुसार १० ग्राम छापावाला सुनको मुल्य ९८ हजार ३ सय ३५ रुपैँया, १० ग्राम तेजाबी सुनको मुल्य ९७ हजार ८ सय ६५ रुपैँया र १० ग्राम चादीँको मुल्य १२ सय रुपैँया कायम भएको छ ।

पालिका संचारकर्मी 





