एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज तेजाबी सुन तोलाको एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पालिका संचारकर्मी 





