पकहाँ मैनपुरको प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चौधरी

पालिका संचारकर्मी
२२ कार्तिक २०८०, बुधबार १२:१८

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चौधरी हाजिर भएका छन् ।

गाउँ कार्यपालिकाको कार्यालय पकहाँ मैनपुरमा शुक्रबार हाजिर हुन पुगेका अधिकृत चौधरीलाई गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहतासहित उपाध्यक्ष सरफुन नेसा, सबै वडाध्यक्षहरु र गाउँपालिका कर्मचारीहरुले अधिकृत चौधरीलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै अधिकृत चौधरीले आफु जनप्रतिनिधि र कर्मचारीको समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएको छ, त्यसरी नै तपाईहरुको सहयोग र समन्वयको जरुरी छ ।”

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट अधिकृत चौधरीलाई कार्तिक १५ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पकहाँ मैनपुर गाउँपालिकामा सरुवा गरेको थियो ।

यस अघि अधिकृत चौधरी बाराको करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत थिए ।

पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाको जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।