प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता

पालिका संचारकर्मी
२० कार्तिक २०८०, सोमबार १२:४६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता गरेको हो।

भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।