लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
काठमाडौँ।
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ।
लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको बताइएको छ।
करिमको दाहिने तिघ्रामा गोलि लागेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल र दुई सय ग्राम लागूऔषध ‘ब्राउनसुगर’ पनि बरामद गरेको छ।
यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।

पालिका संचारकर्मी 





