बजारमा घट्यो सुनचाँदीको मूल्य
बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
गत आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो भने आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पालिका संचारकर्मी 





