चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’, खतरामुक्त
चीनमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड हार्ट अट्याक भएको छ । उनी खतरामुक्त रहेको उनको सचिवालयले जनाएको छ ।
अहिले उपप्रधानमन्त्री श्रेष्ठको बेइजिङस्थित युनियन अस्पतालमा उपचार भइरहेको छ । उनी बीआरआई शिखर सम्मेलनमा भाग लिन चीन गएका हुन् ।

पालिका संचारकर्मी 





