बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र

पालिका संचारकर्मी
११ बैशाख २०८०, सोमबार १६:३४

बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६०१ मत ल्याएर अग्रता लिएका हुन् । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।