तनहुँ-१ : १५ वडाको भोट गनिसक्दा कसले कति मत पाए ?

पालिका संचारकर्मी
११ बैशाख २०८०, सोमबार १२:१२

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म १५ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

२१२६१ मत गणना हुँदा वाग्लेले ११२२१ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३४६८ मत ल्याएका छन्।