कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट
सुर्खेत।नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतकमा सांसद हिक्मत विष्ट चयन भएका छन् । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको बताए । विष्ट कालिकोट क्षेत्र नं. १९२० बाट निर्वाचित प्रदेश सांसद हुन् ।

पालिका संचारकर्मी 





