कुशलको आक्रामक शतक पूरा

पालिका संचारकर्मी
८ बैशाख २०८०, शुक्रबार १२:४३

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका छन् ।

कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।

यो सँगै नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर २ सय ९ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।

टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी रहेका छन् ।मल्ल १ सय १ रनमा अविजित रहँदा सोमपाल ९ रनमा अविजित रहेका छन्।

कुशलको एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।

नेपालका लागि ओडिआईमा शतक बनाउने कुशल छैटौं खेलाडी हुन् ।