नेपालविरुद्ध मलेसियाका कप्तानको अर्धशतक

पालिका संचारकर्मी
५ बैशाख २०८०, मंगलवार ११:२३

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाका कप्तान अहमद फैजले घरेलु टोली नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा कप्तान अहमद फैज ७० बलमा ७ चौकासहित ५२ रन बनाउँदै क्रिजमा छन् ।

अहिलेसम्म मलेसियाले २५ ओभरमा १ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ ।