सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा

पालिका संचारकर्मी
३ बैशाख २०८०, आईतवार १६:५८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सीईओ पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी लिइएको छ । सम्रगमा सबैसँग करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी मुद्दा दायर गरिएको छ ।

उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

मुद्दा दायर गरिएका अन्यमा सिडिइी नविनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा,शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधान,मेपटेक विल्डिंग सर्भिसेस प्रा।लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ छन् ।